समानुपातिकमा ८० लाख मतगणना, रास्वपाले ४८% ल्याउँदा कांग्रेसको १६%

काठमाडौं । प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ ८० लाख ३३ हजार ८१० मत गणना भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ।
यस अवधिसम्म रास्वपाले ३८ लाख ६५ हजार ५२० मत अर्थात ४८.१२ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १३ लाख १० हजार ८४ अर्थात १६.३१ प्रतिशत मत पाएको छ। त्यसैगरी नेकपा एमालेले ११ लाख १० हजार ५९३ अर्थात १३.८२ प्रतिशत मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ७१ हजार ८३१ अर्थात ७.१२ प्रतिशत मत पाएको छ।
त्यसैगरी राप्रपालाई पछाडि पार्दै श्रम संस्कृति पार्टीले २ लाख ८० हजार ३३० अर्थात ३.४९ प्रतिशत मत पाएको छ भने राप्रपाले २ लाख ६९ हजार ८४५ अर्थात ३.३६ प्रतिशत मत पाएको छ।
यस बाहेक अन्य दलहरूले हालसम्म ६२ लाख ५६ हजार ७ अर्थात ७.७९ प्रतिशत समानुपातिक मत पाएका छन्। यही अनु्पात पछिसम्म कायम रहने हो भने रास्वपाले कुल १८२ सीट, कांग्रेसले ३७ सीट, नेकपा एमालेले २५ सीट, नेकपा (तारा) ले १५ सीट, माटोले ७ सीट र हलोले ५ सीट प्राप्त गर्ने अनुमान गरिएको छ।












