मकर जितुमाया सुरी हाइड्रोपावरको लकइन अवधि सकिंदै

२५ फाल्गुन २०८२, सोमबार ०९:३०

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको ६० लाख ३० हजार ६२८ कित्ता शेयरको लकइन अवधि चैत २८ गतेबाट समाप्त हुने भएको छ।

कम्पनीको संस्थापकतर्फको ५३ लाख २० हजार कित्ता, कर्मचारीतर्फको ३२ हजार २८ कित्ता र स्थानीय बासिन्दातर्फको ६ लाख ७८ हजार ६०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

कम्पनीले आईपीओ निष्काशन गरी २०७९ चैत २९ गते सर्वसाधारणमा बाँडफाँड गरेको थियो। सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*