देशका विभिन्न क्षेत्रमा बदली, पहाडी र हिमाली भूभागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न भूभागमा बादल लाग्ने र केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ। अन्य पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको अवस्था रहेको छ।
महाशाखाका अनुसार सोमबार देशका अधिकांश प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि बदली रहने सम्भावना रहेको छ। अन्य भूभागमा भने आंशिक बदली रहने बताइएको छ।
यसैबीच कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।












