सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

२५ फाल्गुन २०८२, सोमबार १०:४९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार ४१० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*