रास्वपाकी विनिता कठायतसहित ६ जना उम्मेदवारको जुम्लामा जमानत जफत

२५ फाल्गुन २०८२, सोमबार १५:४८

काठमाडौं । जुम्लामा २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ जना उम्मेदवारको जमानत जफत भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले ४२१ मत मात्र पाउँदा जमानत जफत भएकी छिन्।

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही १४ हजार ८१६ मत ल्याएर निर्वाचित भएका छन्। २५ फागुन, जुम्ला । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए। खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर चले पनि जुम्लामा विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरेपछि उनको जमानत जफत भएको छ ।

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले १४ हजार ८१६ मत ल्याएर निर्वाचित भएका छन् । दोस्रोमा नेकपाका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा (एमाले) का शान्तिलाल महतले ४ हजार ५१८ मत, नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*