छतबाट खसेर प्रहरी जवानको मृत्यु
२६ फाल्गुन २०८२, मंगलवार १०:४९

काठमाडौं । कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयको छतबाट खसेर ३० वर्षीय प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार घटना सोमबार रातिको हो । मृतक चदाराको घर बझाङको तलकोट गाउँपालिका– १ मा पर्छ ।












