अर्थमन्त्री खनालले फिर्ता गरे रातो पासपोर्ट

२६ फाल्गुन २०८२, मंगलवार १२:५२

काठमाडौँ ।  अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । खनालले मन्त्रालयको प्रशासन महाशाखालाई अर्थमन्त्रीको हैसियतमा प्राप्त गरेको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले उक्त राहदानी फिर्ता गरेका हुन्।

पत्रमा खनालले लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीप्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*