देशैभर घण्टीको लहर हुँदा समेत रास्वपाका झण्डै एक दर्जन उम्मेदवारको जमानत नै जफत

काठमाडौँ । देशव्यापी घण्टी लहर चलि रहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै एक दर्जन उम्मेदवारको जमानत जफत भएको छ । प्रत्यक्ष तर्फका १६५ निर्वाचन क्षेत्रमध्य १२५ स्थानमा जितेको रास्वपाका १० क्षेत्रका उम्मेदवारको जमानत भने जफल भएको हो ।
जुम्लामा बिनिता कठायतको जमानत नै जफत भएको छ । उनले जुम्लामा ३९ हजार १७३ सदर मतमा ५ सय पनि कटाउन सकिनन् । नेकपाका संयोजक पुष्पकमल दाहाल निर्वाचित भएको रुकुम पूर्वमा पनि रास्वपाका उम्मेदवारको जमानत जफत भएको छ । रुकुम पूर्वमा रास्वपा उम्मेदवार लखनकुमार थापाले ८ सय १९ मत मात्र प्राप्त गरेपछि जमानत जफत भएको छ ।
रास्वपाका डोल्पा उम्मेदवारको पनि जमानत जफत भएको छ । डोल्पामा जमानत जोगाउनका लागि १ हजार ५ सय ५१ मत आवश्यक पर्नेमा रास्वपा उम्मेदवार देवसिंह ऐडीले १ सय ८१ मत मात्र पाएका थिए । मुगुमा रास्वपाका भुवन टमटाले ५३० मत मात्र पाए । कालीकोटमा रास्वपाका प्रकाश न्यौपानेको ३ हजार १०१ मत मात्र हुँदा जमानत जफत भएको छ ।
जाजरकोटमा रास्वपा उम्मेदवार राघव कार्कीको २ हजार ४७१ मत मात्रै आएको आएर जमानत नै जफत एको हो । रुकुम पश्चिममा मानबहादुर शाहीको ४ हजार ७६ मत मात्रै आएको थियो । उनको समेत जमानत जफत भएको छ ।
हुम्लाबाट रास्वपा उम्मेदवार टासी ल्हान्जोमको जमानत जफत भएको छ । अछाम–१ मा रास्वपाका ओमप्रकाश रावलको जमानत जफत भएको छ ।
ताप्लेजुङमा पनि रास्वपा उम्मेदवार वीरेन्द्र श्रेष्ठको जमानत जफत भएको छ । रास्वपाका पाँचथर उम्मेदवार महेन्द्रविक्रम थाम्सुहाङको पनि जमानत जफत भएको छ । सोलुखुम्बुमा पनि रास्वपा उम्मेदवार ऋषिधन थुलुङ राईको जमानत जफत भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सदरको १० प्रतिशतभन्दा कम मत ल्याए उम्मेदवारको जमानत (धरौटी) जफत हुने व्यवस्था छ ।












