बजार राताम्य भएपनि यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
२६ फाल्गुन २०८२, मंगलवार १५:१९

काठमाडौँ । शेयर बजार दोहोरो अकंले घटेको छ । बजारमा भारी गिरावट आएपनि कारोबार रकम भने उल्लेख्य बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.०८ अकंले घटेर २८४३.३५ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५० करोड २० लाख रुपैयाँको कारोबार भएको हो ।
बजार घटेपनि यसदिन २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स मिल्स र सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
साथै, थ्रि स्टार हाइड्रोपावरको ९.०८ प्रतिशत, कालिका पावरको ८.८७ प्रतिशत र एलआईसी नेपालको ५.४२ प्रतिशतले शेयर मूल्य बढेको छ ।













