नेको इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको फागुन ११ गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले पारित गरेको १२ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।
कम्पनीको साधारणसभाले पारित गरेको १२ प्रतिशत नगद लाभांश (कर बाहेक) माघ २४ गतेसम्म कायम सम्बन्धित शेयरधनीको डिम्याट खातामा उल्लिखित बैंक खातामा नगद लाभांश बापतको रकम जम्मा गरिएको कम्पनीले जानकारी दिएको हो।
हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगरेको भए वा शेयर अभौतिकीकरण नगरेको भए यथाशीघ्र गर्न पनि कम्पनीले आग्रह गरेको छ। साथै माघ २४ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीले ऋण लिएको संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै नगद लाभांश पठाइने स्पष्ट पारेको छ।












