बढ्यो सुनको मूल्य, एक तोलाको कति ?
२७ फाल्गुन २०८२, बुधबार १०:४३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला पाँच हजार ७२० रुपैयाँमा किनबेच भइरहेको हो ।












