निर्जिवन बीमा कम्पनीहरुले समयमा सर्भेयरहरुको फी भुक्तानी नगर्दा समस्या

२७ फाल्गुन २०८२, बुधबार १३:५४

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले सर्भेयरहरुको फी दिन ढिलाई गर्न थालेसँगै सर्भेयरहरु समस्यामा पर्ने थालेका छन् । बीमा प्राधिकरणमा गुनासो लिएर पटक पटक जाँदा पनि सुनुवाई नभएको भन्दै सर्भेयरहरुले दुख व्यक्त गरेका छन् ।

बीमा कम्पनीहरुले सर्भेयर संघ र बीमक संघको सम्झौतामा रहेर काम गर्न नसक्दा सर्भेयरहरु समस्यामा पर्ने थालेको पाइएको हो ।

सर्भेयर संघ र बीमक संघबीच बीमितले बीमा दाबी भुक्तानी गरेपश्चात् सर्भेयरहरुले अध्ययन गरी प्रतिवेदन बुझाएको एक महिनामा सर्भेयर फी दिनुपर्ने प्रावधान विपरित काम गरेको भन्दै सर्भेयरहरु रुष्ट बनेका छन् ।

अधिकाशं बीमा कम्पनीहरुबाट सर्भेयरहरुले फि उठाउन बाँकि रहेको कतिपयले प्राधिकरणमा कम्पनी विरुद्ध उजुरी समेत दिएको पाइएको छ।

सर्भेयर संघका महासचिव विकास महर्जनले अधिकांश बीमा कम्पनीहरुमा क्लेम सेटलमेन्ट नभएसम्म सर्भेयरको फ्रि दिन नसक्ने समस्या रहेको बीमापोष्टलाई जानकारी दिएका छन् । संघसँग प्रतिवेदन बुझाएको एक महिनामा नै रकम भक्तानी गर्ने सहमती भएपनि बीमकले उक्त व्यवस्था लागू गर्न स्वीकार नगरेको महर्जन बताउछन् ।

बीमा प्राधिकरणमा पनि पटक पटक यी बिषयमा त्रीपक्षीय छलफल बस्दा पनि सर्भेयहरुको माग सम्बोधन गर्ने बिषयमा कम्पनी सकारात्मक नभएको सर्भेयरहरुको गुनासो रहेको छ। शिखर इन्स्योरेन्स कम्पनी बाहेक अधिकांश बीमा कम्पनीहरुमा सर्भेयरलाई फि उठाउन नै हम्मे हम्मे पर्न थालेको पाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*