दुई हजार ८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले एक भोट पनि पाएनन्

२७ फाल्गुन २०८२, बुधबार १४:३१

काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका २ हजार ८९० जना उम्मेदवारले आफ्नो धरौटी जफत भएको छ।

उम्मेदवारहरूले चुनावमा भाग लिन कानून बमोजिम निश्चित धरौटी रकम राख्नुपर्छ। जसले कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्छन्, उनीहरूको जमानत फिर्ता हुन्छ, तर १० प्रतिशतभन्दा कम मत प्राप्त गर्नेहरूको जमानत राज्यको ढुकुटीमा जफत हुने व्यवस्था छ।

जफत हुने उम्मेदवारमध्ये ३५० जनाले एक पनि भोट प्राप्त गर्न सकेनन्। आयोगले जनाएका अनुसार, यसले कतिपय उम्मेदवारले आफ्नै वा परिवारको मत समेत हाल्न नसकेको वा नहालेको संकेत गर्छ। प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने ५ सय १६ जनाले मात्र १० प्रतिशतभन्दा बढी मत पाई आफ्नो धरौटी जोगाउन सफल भएका छन्।

धरौटी रकम फिर्ता पाउने उम्मेदवारहरूले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र आयोगमा निवेदन दिनुपर्छ। आवश्यक प्रक्रिया पूरा भएपछि कानून बमोजिम उनीहरूले आफ्नो रकम फिर्ता पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*