सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट

२७ फाल्गुन २०८२, बुधबार १६:५६

काठमाडौँ ।  सिरहा सदरमुकाममा बम विस्फोट हुँदा एक जना घाइते भएका छन्। सदरमुकामस्थित सिरहा जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा बुधबार दिउँसो करिब ४ बजे बम विस्फोट भएको हो।

विस्फोटमा परेर एक जना व्यक्ति घाइते भएका छन्। घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा उक्त विस्फोट सुतली बमका कारण भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि सुरक्षा निकायको टोली घटनास्थलमा पुगेको छ भने आवश्यक सुरक्षा सतर्कता अपनाउँदै थप अनुसन्धान कार्य अघि बढाइएको जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*