सात महिनामा ७ खर्ब रुपैयाँको विद्युतिय कारोबार

२७ फाल्गुन २०८२, बुधबार १८:१७

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनासम्मको अवधिमा सात खर्ब १५ करोड रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरण अनुसार माघ महिनासम्म सो कारोबार भएको हो ।

माघ महिनासम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले ९८ लाख कारोबार मार्फत रु.७५ अर्ब ६० करोड बराबरको कारोबार गरेका छन् त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत ६ करोड ७३ लाख कारोबार मार्फत ५ खर्ब ५८ अर्ब ५० करोड कारोबार भएको छ । क्यु–आर कोड भुक्तानीअन्तर्गत ४ करोड ६२ लाख कारोबार मार्फत १ खर्ब २५ अर्ब २१ करोड कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*