पाकिस्तानका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
२८ फाल्गुन २०८२, बिहीबार ०९:०१

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्रीका आकाङ्क्षी बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन्।
पाकिस्तानी प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्समा एउटा पोष्ट गर्दै २०८२ को प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय विजयी हासिल गरेकोमा बधाई दिएका हुन्। साथै उनले यो बलियो जनादेशले नयाँ र गतिशील नेतृत्वप्रति नेपाली जनाको विश्वासलाई प्रतिबिम्ब गरेको बताएका छन्।
उनले पाकिस्तान नवनिर्वाचित नेपाल सरकारसँग मिलेर काम गर्दै नेपाल र पाकिस्तानबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सदृढ बनाउन नजिकबाट सहकार्य गर्न इच्छुक रहेको प्रतिक्रिया समेत दिएका छन्।












