सेबोनको निर्देशन नमान्ने तीन ब्रोकर कम्पनी कारवाहीमा

२८ फाल्गुन २०८२, बिहीबार ०९:३१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै तीन वटा ब्रोकर कम्पनीलाई कारवाही गरी जरिवाना तिराएको छ।

बोर्डले काठमाडौंको ज्ञानेश्वरस्थित सिप्ला सेक्यूरिटिज लिमिटेड, काठमाडौंको डिल्लीबजारस्थित श्री कृष्ण सेक्यूरिटिज लिमिटेड र काठमाडौंकै नक्सालस्थित हातेमालो फाइनान्सियल सर्भिसेज् प्राइभेट लिमिटेडलाई कारवाही गरेको हो।

बोर्डले तीन वटै ब्रोकर कम्पनीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा (१) को खण्ड (ख) बमोजिम ५० लाख रुपैयाँ जरिवाना तिराएको हो। उक्त खण्डमा ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको निर्देशिका वा दिएको आदेश वा निर्देशनको उल्लंघन गरेमा सोको गाम्भीर्यका आधारमा’ जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ।

बोर्डले सिप्ला सेक्यूरिटिजलाई ५० लाख रुपैयाँ जरिवाना गरेको छ भने बाँकी २ वटै कम्पनीलाई ३०–३० लाख रुपैयाँ जरिवाना गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*