नेको इन्स्योरेन्स सिईओ अशोक खड्काको पार्टी कार्यालयको अखडा बन्दै

२८ फाल्गुन २०८२, बिहीबार १४:१९

काठमाडौं । सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकको समेत स्वामित्वमा समेत रहेको नेको इन्स्योरेन्स कम्पनीको सिईओ अशोक खड्काको पार्टी कार्यालयको अखडा बन्दै गएको छ। कम्पनीका सिईओ नेकपा एमालेको केन्द्रीय समितिका पदाधिकारी भएको बिषय यस अघि बीमापोष्टले सम्प्रेषण गरी सकेको छ।

कम्पनीको सामाजिक उत्तरदायित्वमा खर्च हुने रकम एमालेको कार्यक्रममा अशोक खड्काले समाजसेवाको नामबाट दिँदै आईरहेका छन् ।कम्पनीले सामाजिक उत्तरदायित्व वापतको रकममा कम्पनीको नाम कहि नआउने गरी अशोक खड्काले समाजसेवीको नाममा आफनो नामबाट एमालेको ब्यानरको प्रयोग गर्दै दिँदै आईरहेका छन् ।

कम्पनीमा नेकपा एमालेको केन्द्रीय लेखा समितिका सदस्य अर्थात केन्द्रीय सदस्य अशोक खड्का सिईओको भूमिका रहेर कार्य गर्दै आएको छ ।यति मात्रै नभई उनको कार्यकाल एमालेको अखडा नै बन्दै गएको केन्द्रिय कार्यालयका कर्मचारीहरु बताँउछन् । दैनिक काम कारवाहीमा समेत कर्मचारीहरुलाई बाधा हुने नाम नखोल्ने शर्तमा बताँउछन् ।

कम्पनीका एमालेका कर्मचारी र सर्भेयरहरुको हाबी रहेको समेत पाइएको छ । नियामक नेपाल बीमा प्राधिकरणले सो सम्बन्धमा जानकारी पाएर पनि मौन रहँदै आएको पाइएको छ । नेकपा एमाले केन्द्रीय समितिमा रहेका खड्काले केही समयअघि बीमापोष्टसँगको प्रतिक्रियामा राजिनामा दिइसकेको उल्लेख गरेका थिए । तर, बीमापोष्टले गरेको अध्ययनको क्रममा नेकपा एमालेको आधिकारिक वेभ साइटमा नेता खड्काको नाम अशोक केसी भनेर राखेर कार्य गर्दै आइरहेको पाइएको छ ।

नेकपा एमालेका एक नेताले नेको इन्स्योरेन्स कम्पनीका सिईओ खड्का अझै पनि एमालेमा सक्रिय रहेको बताएका छन् । सिराहा जिल्ला कार्यक्षेत्र भएका सिईओ खड्काले निर्वाचनमा टिकट लिएर एमालेबाट निर्वाचन समेत लड्ने तयारी भित्रभित्रै गरिरहेका थिए । तर बीमापोष्टले निरन्तर समाचार सम्प्रेष गरेपछि सिईओ केसी पछि हटेका थिए ।

नियामक नेपाल बीमा प्राधिकरणले सो सम्बन्धमा जानकारी पाएर पनि मौन रहँदै आएको पाइएको छ । नेकपा एमाले केन्द्रीय समितिमा रहेका खड्काले केही समयअघि बीमापोष्टसँगको प्रतिक्रियामा राजिनामा दिइसकेको उल्लेख गरेका थिए । तर, बीमापोष्टले गरेको अध्ययनको क्रममा नेकपा एमालेको आधिकारिक वेभ साइटमा नेता खड्काको नाम अशोक केसी भनेर राखेर कार्य गर्दै आइरहेको पाइएको थियो । नेकपा एमालेका एक नेताले नेको इन्स्योरेन्स कम्पनीका सिईओ खड्का अझै पनि एमालेमा सक्रिय रहेको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*