२३ अंकले बढ्यो नेप्से, कारोबार साढे १४ अर्बभन्दा बढी

२८ फाल्गुन २०८२, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ को विन्दुमा पुगेको छ। आज १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ।

आज १० वटा उपसूचकमा हरियाली छाउँदा ३ वटा उपसूचक भने राताम्य बन्न पुगेको छ। आज होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य इन्डेक्स घट्दा बाँकी १० उपसूचक भने बढ्न पुगेको छ।

आज बैंकिङ्ग उपसूचक सबैभन्दा धेरै २.०२ प्रतिशतले बढेको छ। १९ वटै वाणिज्य बैंकको शेयरमूल्य बढ्न पुगेको छ। त्यस्तै विकास बैंक उपसूचक पनि १.२८ प्रतिशतले बढ्दा १२ विकास बैंकको शेयरमूल्य बढेको छ भने ४ विकास बैंकको शेयरमूल्य घट्न पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*