नक्कली प्रमाणपत्र देखाएर गाउँपालिकामा जागिर, भारती परे अख्तियारको फन्दामा

२८ फाल्गुन २०८२, बिहीबार १६:४४

काठमाडौँ । तनहुँको देवघाट गाउँपालिकामा कार्यरत होमबहादुर भारतीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार देवघाट गाउँपालिकामा कार्यरत भारतीमाथि उजुरीका आधारमा अनुसन्धान गर्दा उनीले एसएलसी तहको २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको झुट्टा प्रमाणपत्र पेस गरी सामाजिक परिचालक, सरसफाइ सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा नियुक्ति पाएको पाइएको हो।

उनले नक्कली प्रमाणपत्रको आधारमा ती पदमा कार्य गर्दै राष्ट्रसेवकको हैसियत, लाभ र सुविधा समेत प्राप्त गरेका थिए।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यस कार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर ठहर हुने हुँदा भारतीविरुद्ध कैद र जरिवानाको मागसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*