धितोपत्र बोर्डमा कर्मचारी आन्दोलन फेरि सक्रिय: फागुन २८ देखि दैनिक धर्ना र पेनडाउन कार्यक्रम

२८ फाल्गुन २०८२, बिहीबार १७:४२

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन्। बोर्डका कर्मचारीहरूले आफूहरूले राखेका मागलाई बेवास्ता गरिएको र माग सम्बोधन गर्ने प्रयास नभएको भन्दै पुनः आन्दोलनमा उत्रने निर्णय गरेका हुन्। उनीहरूले असहमति जनाउँदै २०८२ असोज ८ गतेदेखि आन्दोलन गर्दै आएका थिए।

अर्थ मन्त्रालयको २०८२ भदौ ३१ गतेको राजस्व सचिवस्तरीय निर्णयअनुसार बोर्डलाई पठाइएको पत्रप्रति कर्मचारीहरूले असहमति जनाएका थिए। यसै अनुरूप दैनिक धर्ना तथा पेनडाउन कार्यक्रम सञ्चालन हुँदै आएको थियो। तर, प्रतिनिधि सभाको चुनाव र आचारसंहिता कारण हालसम्म दैनिक कार्यक्रम स्थगित थियो।

कर्मचारी युनियनले २०८२ कात्तिक १४ गते प्रेस विज्ञप्ति मार्फत बोर्ड र अध्यक्ष समक्ष माग राखे पनि कुनै प्रगति वा जवाफ प्राप्त भएको छैन।

त्यसैले नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले फागुन २८ गतेदेखि बिहान १० देखि ११ बजेसम्म दैनिक १ घण्टा धर्ना तथा पेनडाउन कार्यक्रम पुनः सशक्त रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

अर्थ मन्त्रालयले बोर्डलाई कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षा कोष सम्बन्धमा २०८२ भदौ ३१ को निर्णय अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*