सर्वोच्चले धनुषा–१ का किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ ।
गलत तरिकाले उनको नाम कालोसूचीमा राखिएको दाबी गर्दै साहले अदालतमा निवेदन दिएका थिए । न्यायाधीश सारंगा सुवेदीको इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अन्तरिम आदेशसँगै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय असार्थक हुने अवस्थामा पुगेको छ । यसले गर्दा साहको उम्मेदवारी यथावत रहने र उनले पाएको मत स्वभाविक रूपमा मानिने स्थिति सिर्जना भएको छ ।
फागुन २१ को निर्वाचनमा साहको चुनाव चिह्न ‘घण्टी’मा धेरै मत परे पनि उम्मेदवारी खारेज भएको कारण, कम मत पाएका नेकपाका उम्मेदवार मातृका यादवलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिइएको थियो ।












