सानिमा माई हाइड्रोपावरले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

२९ फाल्गुन २०८२, शुक्रबार ०९:५४

काठमाडौं । सानिमा माई हाइड्रोपावरको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते आइतबार १४औं वार्षिक साधारणसभा बोलाएको छ।

साथै उक्त सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुनै लाभांश वितरण नगर्ने र वार्षिक साधारणसभा प्रयोजनका लागि चैत १२ गते एक दिन शेयरधनी दर्ता किताब बन्द (बूक क्लोज) गर्ने निर्णय पनि गरेको छ।

कम्पनीले साधारणसभा बस्ने स्थान र समय सहित सभामा प्रस्तुत गरिने विषयहरूबारे भने हाल केही खुलाएको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*