७ महिनामा वाणिज्य बैंकको नाफा ३८ अर्ब: कुमारी र सिद्धार्थको सर्वाधिक वृद्धि, एभरेष्टलाई पछ्याउँदै प्राइम

२९ फाल्गुन २०८२, शुक्रबार १४:१५

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ७ महिनामा वाणिज्य बैंकले ३८ अर्बभन्दा बढी मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ३८ अर्ब १ करोड ६६ लाख ८० हजार रुपैयाँ नाफा कमाएका हुन् ।

बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ५.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

चालु आर्थिक वर्षको तथ्याङलाई हेर्दा १० बैंकहरु बढेको छ भने १० बैंकको नाफा घटेको छ । आन्दोलन र राजनीतिक अस्थिरताका बीच समेत बैंकहरुको नाफा सन्तोषजनक नै रहेको देखिएको हो ।

यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले पछिल्लो ७ महिनामा नाफा ३४.२१ प्रतिशतले बढाएर ५ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ पुराएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ अर्ब १ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नाफामा दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकको नाफा ६.६२ प्रतिशतले बढेर ४ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने कुमारी बैंक र सिद्धार्थ बैंक सबैभन्दा अगाडी देखिएका छन् । कुमारीको नाफा ३२९ प्रतिशतले बढेर ३ अर्ब १७ करोड पुगेको छ भने सिद्धार्थ बैंकको ९९ प्रतिशतले बढेर १ अर्ब ७० करोड रुपैयाँ पुगेको हो ।

माघ मसान्तसम्मको अवधिमा एभरेष्ट बैंकको नाफ २.६६ प्रतिशतले घटेर २ अर्ब ५० करोड, प्राइम बेंकको ९.८१ प्रतिशतले बढेर २ अर्ब ३९ करोड, इन्भेष्टमेन्ट मेगा बैंकको ३६ प्रतिशतले घटेर २ अर्ब १९ करोड, एनएमबि बैंकको ९ प्रतिशतले घटेर २ अर्ब १३ करोड, राष्ट्रिय वाणिज्य बैंकको ५२ प्रतिशतले बढेर १ अर्ब ८८ करोड, नेपाल बैंकको २४ प्रतिशतले घटेर १ अर्ब ८५ करोड, सानिमा बैंकको २६ प्रतिशतले बढेर १ अर्ब ७३ करोड, स्टान्र्डड चार्टड बैंकको १५ प्रतिशतले घटेर १ अर्ब ५६ करोड र हिमालयन बैंकको ५ प्रतिशतले घटेर १ अर्ब ३९ करोड रुपैयाँमा पुगेको छ ।

यता, प्रभु बैंकको १ अर्ब ३६ करोड, माछापुच्छ्रे बैंकको १ अर्ब २४ करोड, कृषि विकास बैंकको १ अर्ब २० करोड, नेपाल एसबिआई बैंकको १ अर्ब २० करोड, सिटिजन्स बैंकको ५७ करोड, एनआईसी एशिया बैंकको ४४ करोड र लक्ष्मी सनराइज बैंकको २४ करोड रुपैयाँ नाफा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*