टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै

१ चैत्र २०८२, आईतवार ०७:३९

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि निष्काशन गरिरहेको प्रथम चरणको आईपीओमध्ये वैदेशिक रोजगारेको आईपीओ आज बन्द हुँदैछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आयोजना प्रभावितलाई १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ३ हजार ६७ कित्ता आईपीओ निष्काशन गरिरहेकोमा वैदेशिक रोजगारीमा रहेकालाई निष्काशन गरेको आईपीओ आज साँझ बैंकिङ्ग समयपछि बन्द गर्न लागेको हो।

कम्पनीले वैदेशिक रोजगारेबाट मागभन्दा बढी मात्रामा आवेदन परिसकेकाले पूर्व निर्धारित समय बमोजिम आज निष्काशन बन्द गर्न लागिएको जानकारी दिएको छ। यता आयोजना प्रभावितले भने चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्।

यो आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*