गोरखामा माइक्रो दुर्घटना, सात जना भारतीयको मृत्यु
१ चैत्र २०८२, आईतवार ०७:५९

काठमाडौं । गोरखाको मनकामना दर्शन गरेको फर्किएको ईभी माइक्रो दुर्घटना हुँदा त्यसमा सवार सात जना भारतीय नागरिकको ज्यान गएको छ।
शनिबार गोरखाको मनकामना दर्शन गरेको फर्किरहेको उक्त ईभी गोरखाकै शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भई सडकबाट करीब २०० मिटर तल खसेको थियो।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा कुल १४ जना यात्रु सवार रहेकोमा घटनास्थलमै ७ जनाको ज्यान गएको छ भने ७ जना घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
माइक्रोको चालक र सहचालक बाहेक सबै १२ जना यात्रु भारतीय रहेको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।












