कतिमा भयो सोलु हाइड्रोपावरको पहिलो कारोबार ?

१ चैत्र २०८२, आईतवार ११:११

काठमाडौँ ।  स्पेशल प्रि–ओपन सेसनमा सोलु हाइड्रोपावरको शेयर पहिलो पटक कारोबारमा आएको छ। कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

यसअघि कम्पनीको सेयर गत फागुन २८ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो। सूचीकृत शेयरमध्ये सर्वसाधारणका लागि जारी गरिएको २ करोड कित्ता र संस्थापक समूहले लगानी गरेको ८ करोड कित्ता गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत गरिएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको थियो। सोही दायरा भित्र रहेर चैत १ गते स्पेशल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो शेयर कारोबार सम्पन्न भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*