स्रोत नखुलेको १० लाख ६३ हजार सहित दुई जना पक्राउ
१ चैत्र २०८२, आईतवार १३:१३

काठमाडौं । काठमाडौं महानगरपालिका–१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८४० रुपैयाँ सहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–५ घर काठमाडौं कपन बस्ने २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन्। प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बा.प्र ०२–०५२ प ६९९४ नम्बरको स्कूटरमा सवार उनीहरूलाई नगद सहित पक्राउ गरेको हो।












