नयाँ सरकार बन्न १० दिनजति लाग्छ : रास्वपा
१ चैत्र २०८२, आईतवार १४:२०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन हुन अझै १० दिनजति समय लाग्ने संकेत दिएको छ। पार्टीका प्रवक्ता मनिष झाले आइतबार (चैत १) वनस्थलीस्थित केन्द्रीय कार्यालयमा जानकारी दिएका हुन्।
समानुपातिक सांसदहरूको सूची चयनका लागि आज रास्वपाको सचिवालयको भर्चुअल बैठक बस्नेछ।
प्रवक्ता झालका अनुसार, ‘संवैधानिक प्रक्रियाअनुसार समानुपातिकतर्फका सबै क्लस्टर अन्तर्गत आज चयन सम्पन्न हुनेछ। त्यसपछि नयाँ सरकार बन्न १० दिनजति लाग्न सक्छ।’












