श्रम संस्कृति पार्टीले समानुपातिकका चार सांसदको नाम सार्वजनिक
१ चैत्र २०८२, आईतवार १४:३९

काठमाडौँ । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार सांसदको नाम सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमार्फत् हर्क साम्पाङले निर्वाचन आयोगमा दर्ता गरिएको नामावली सेयर गरेका हुन्।
पार्टीले आदिवासी–जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खस–आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी महिलाबाट रुवीकुमारी ठाकुरको नाम पेश गरेको छ।
यस पार्टीले प्रत्यक्ष निर्वाचनबाट तीन सिट जितेको छ।













