भेन्चर हायरले आईपीओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति
१ चैत्र २०८२, आईतवार १५:४७

काठमाडौँ । भेन्चर हायर पर्चेचले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले उक्त आवेदन चैत १ गते दिएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।












