कालीमाटीमा तरकारीः गोलभेंडा ४५, काउली २५ रुपैयाँ किलो

२ चैत्र २०८२, सोमबार ०७:२०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत २ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

सो अनुसार सानो लोकल गोलभेंडा ४५ रुपैयाँ, रातो आलु २२ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, मटरकोशा ५० रुपैयाँ र लोकल घिउ सिमी ४० रुपैयाँ प्रतिकेजी अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी टाटे सिमी ४० रुपैयाँ, घिरौला ७० रुपैयाँ, पाकेको फर्सी ६८ रुपैयाँ र हरियो फर्सी १८ रुपैयाँ, इस्कुस ४० रुपैयाँ, बरेला ३५ रुपैयाँ, रायोको साग ५० रुपैयाँ र कन्य च्याउ १५० रुपैयाँ प्रतिकिलो अधिकतम भाउमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*