सिटिजन्स बैंकको कर्मचारी दिवश, लामो समय काम गरेकालाई सम्मान

२ चैत्र २०८२, सोमबार ०९:५५

काठमाडौं । १९ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ सेवा शुरु गरेको यस सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बैंकमा अनवरत १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मान गरेको छ।

चैत १ गतेलाई यस बैंकले कर्मचारीको दिनको रूपमा मनाउँदै आएको छ। बैंकले उन्नाइसौं वर्ष पूरा गरी बीसौं वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा एक महिने वार्षिकोत्सव सम्बन्धी कार्यक्रमहरू आयोजना गरिरहेको छ। वैशाख ७ गते बैंकको वार्षिकोत्सव रहेको छ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ४८ जना र १५ वर्ष सेवा प्रवाह गरेका १४ जना गरी जम्मा ६२ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ पदक प्रदान गरेका छन्।

बैंकमा हाल १ हजार ७६४ कर्मचारीहरू कार्यरत रहेका छन्। समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले कर्मचारीहरूलाई आफ्नो तर्फबाट शतप्रतिशत योगदान गरी बैंकलाई नयाँ उचाईमा पुर्‍याउन आग्रह गर्दै कर्मचारीलाई जिम्मेवार, लगनशील र प्रतिबद्ध भई आफ्नो काम तथा कर्तव्य पूरा गर्न आग्रह गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*