इरानसँग युद्ध लड्न नसकेपछि राष्ट्रपति ट्रम्पको रुवाबासी, नेटोलाई दिए धम्की

एजेन्सीहरु । इरानसँगको युद्धमा मध्यपूर्वमा रहेका प्रतिरक्षा प्रणालीहरु ध्वस्त भएपछि तनावमा परेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला रुवाबासी गर्न थालेका छन् । युद्धमा भोगेको अप्ठेरो उत्तर एटालान्टिक सन्धी संगठन (नेटो) समक्ष पोखेका छन् ।
राष्ट्रपति ट्रम्पले स्ट्रेट अफ हर्मुज खुल्ला गर्न सहयोग नगरे नेटोले भविष्यमा गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । एकातिर युरोपको ग्रिनल्याण्ड कब्जा गर्न खोजेपछि सशंकित बनेका नेटो सदस्य राष्ट्रहरुले ट्रम्पको अर्को चेतावनीपछि झन थप आश्चर्यमा परेका छन् । पछिल्लो पटक विकास हुँदै गरेको घटनाक्रमले नेटो नै बिघटन हुने त होइन भन्ने आशंका समेत जन्माएको छ ।
इरानसँगको युद्धमा अमेरिकाले ठूलो क्षति मात्रै व्यहोरेको छैन कि मध्यपूर्वमा रहेका ४० हजार सैनिक र पछि थप गरिएका करिब १३ हजार सैनिक गरी कूल ५३ हजार सैनिक अप्ठेरो अवस्थामा छन् । इरानले मध्यपूर्वबाट अमेरिकाकी सेनाको उपस्थिति सदाको लागि अन्त्य हुनुपर्ने शर्त अघि सारेको छ । इरानको उक्त सर्तसँगै मुश्लिम एकता थप बलियो बन्दै गएको छ भने परिस्थितिले अमेरिकालाई घेराबन्दीमा पार्दै लगेको छ ।
अमेरिकी सञ्चार माध्यमहरु सिएनएन, न्यूयोर्क टाईम्सले समेतले इरान युद्ध राष्ट्रपति ट्रम्प र उनका सल्लाहकारहरुको गलत निर्णय भन्दै आलोचना गर्न सुरु गरिसकेका छन् । सिएनएनले त अमेरिकाले सदाको लागि उपस्थिति गुमाउनु पर्ने चेतावनी समेत दिइसकेको छ । उता इजरायलको जेरुसेलमपोष्टले अमेरिका युद्धबाट बाहिर निस्कने बाटो खोजिरहेको र इजरायलमाथि धोका हुनसक्ने चेतावनी समेत दिएको बिश्लेषण प्रकाशित गरिसकेको छ ।

पछिल्लो पटक मध्यपूर्वका देशहरुमा साउदी, कुवेत, बहराईन, कतार, दुबई, सारजाहा, ओमान, इराकमा रहेको अमेरिकी सैनिक अखडाहरुमा इरानले लगातार मिसाइल आक्रमण गरेर प्रतिरक्षा प्रणाली ध्वस्त पारिसकेको छ । साउदीमा रहेको आकाशमै इन्धन भर्न मिल्ने अत्याधुनिक र विश्वकै महंगो मध्येका पाँच वटा जहाजहरु ध्वस्त पारिसकेको छ ।
उता मध्यपूर्वमा पुर्याइएको दुई वटा युद्धपोत अब्राहम लिङ्कन र जेराल्ड फोर्डमाथि समेत ड्रोन हमलापछि अहिले जोगिनको लागि धेरै नै पर भागिसकेका छन् । एकातिर अमेरिकाले आफ्ना सैनिकहरुलाई जोगाउन मुश्किल पर्ने अवस्था आउनु र अर्कोतिर खर्बौ रुपैयाँका प्रतिरक्षा प्रणालीहरु ध्वस्त हुनुले अमेरिकाको लागि मध्यपूर्वको युद्ध चक्रब्यूहमा परिणत भएको छ । युद्धमा हार्ने डरसँगै अमेरिकाले रसियासँगको सम्बन्ध सुधार गर्न खोजिरहेको छ । गत वर्ष राष्ट्रपति पद सम्हालेदेखि नै भन्सार शुल्कको बढाएर हैरान पारेका ट्रम्प अहिले रसियामाथिको नाकाबन्दी खुकुलो पारेर फकाउन खोजिरहेका छन् ।
इरानसँगको युद्ध निकै महंगो सावित भएपछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको मन जित्न खोजिरहेका छन् भने अर्कोतर्फ आफ्ना सहयोगी राष्ट्रहरुलाई युद्धमा सहयोग नगरेको भन्दै आक्रोश पोखिरहेका छन् । भाषण गर्दा समेत उफ्रि उफ्रि नेपालका प्रचण्ड शैलीमा बोल्ने ट्रम्प पछिल्ला दिनहरुमा न्याउरो अनुहार र अत्तालिएको आवाजमा आफ्ना सहयोगीहरुलाई घुर्की र धम्की दिइरहेका छन् । अमेरिकाको धम्कीका वावजुद जापान र अष्ट्रेलियाले इरान युद्धमा अमेरिकालाई साथ नदिने स्पष्ट जनाएको छ ।
नेटोमा अमेरिका सहित ३२ राष्ट्रहरु सहभागी छन् । जसमध्ये बेलायतले युद्धमा सहभागी नहुने जनाएको छ । त्यस्तै क्यानाडा पनि तत्काल युद्धको लागि तयार छैन । उता स्पेनले अमेरिकी सेनालाई इरानमा आक्रमण गर्न आफ्नो एयर स्पेश नदिने स्पष्ट पारिसकेको छ । जापानले पनि स्ट्रेट अफ हर्मुजमा अमेरिकालाई सहयोग गर्न कानुन नदिने भन्दै पन्छिइसकेको छ । अन्य राष्ट्रहरुले पनि खासै युद्धमा चासो देखाइसकेका छैनन् । नेटो सदस्यमाथि कसैले आक्रमण गर्न नआएको बरु अमेरिका नै इरानसँग निहुँ खोज्दै हवाई आक्रमण गर्न गएकोले नेटो सदस्यहरु ट्रम्पलाई सहयोग गर्न तयार नभएपछि राष्ट्रपति ट्रम्प न रातको निद्रा र न दिनको भोकको अवस्थामा पुगेका छन् ।












