यी लिंकबाट हेर्नुहोस् शिखर पावरको आईपीओ नतिजा

३ चैत्र २०८२, मंगलवार ०९:२६

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ देखि २६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बिक्री प्रबनधक ग्लोबल आइएमई क्यापिटलले बाँडफाँड गरेको छ।

कम्पनीले जम्मा १ लाख ८४ हजार २६० जना सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६०० कित्ता आईपीओ बिक्री खुला गरेकोमा २६ लाख ५० हजार ८४७ जनाले २ करोड ८३ लाख ९४ हजार ७९० कित्ताका लागि आवेदन दिएका थिए।

मागभन्दा बढी मात्रामा आवेदन दिएका २४ लाख ६६ हजार ५८७ जना आवेदकको हात रित्तिएको छ भने भाग्यशाली १ लाख ८४ हजार २६० जनाले १० कित्ताका दरले आईपीओ हात पारेका छन्।

बिक्री प्रबन्धकले आईपीओ बाँडफाँडको नतिजा चाँडै अनलाइनबाट हेर्न मिल्ने गरी सार्वजनिक गर्ने जानकारी दिएको छ। नतिजा अनलाइनमा सार्वजनिक भएपछि यी तीन लिंकबाट आफूलाई आईपीओ पर्यो वा परेन भनी हेर्न सकिनेछ।

सीडीएस एन्ड क्लियरिङ : https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धक : https://www.globalimecapital.com/results

मेरो शेयर लगइन : https://meroshare.cdsc.com.np/#/login

शिखर पावरको आईपीओ बाँडफाँड, २४ लाख ६६ हजार आवेदकको हात रित्तो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*