सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड स्थगित
३ चैत्र २०८२, मंगलवार १३:०९

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा सञ्चालनमा रहेको खुलामुखी योजना ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’को इकाई बाँडफाँड हाललाई स्थगित गरिएको छ।
कम्पनीका अनुसार योजना अन्तर्गत संकलित रकमको बाँडफाँड प्रक्रिया सम्पन्न भइसकेको भए पनि चैत २ गते कारोबार समयपछि थप रकम प्राप्त भएकाले त्यसको आधारमा इकाई बाँडफाँड गर्न इकाई अपुग भएपछि स्थगित गर्ने निर्णय गरिएको हो।
उक्त मितिपछि आएको रकमको विवरण लगानीकर्तालाई इमेलमार्फत पठाइने र योजनाको आकार वृद्धि स्वीकृत भएपछि सोही आधारमा सम्बन्धित लगानीकर्ताको खातामा इकाई जम्मा गरिने कम्पनीले जानकारी दिएको छ।












