रिडी पावरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

३ चैत्र २०८२, मंगलवार १५:०५

काठमाडौं । चैत ३ गते मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ। नेप्से बढेसँगै आज १२ अर्ब रुपैयाँभन्दा माथिको शेयर किनबेच भएको छ।

जसमध्ये रिडी पावर कम्पनीको ५६ करोड ३७ लाख रुपैयाँ, आँखुखोला जलविद्युतको ५१ करोड ७५ लाख रुपैयाँ, नेशनल हाइड्रो पावरको ४८ करोड ५ लाख रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ४६ करोड ३३ लाख रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ।

त्यसैगरी शिव श्री हाइड्रोपावरको ४४ करोड ५९ लाख रुपैयाँ, एचआईडीसीएलको ३९ करोड ५ लाख रुपैयाँ, बलेफी हाइड्रोपावरको ३८ करोड ५६ लाख रुपैयाँ, लिवर्टी इनर्जीको ३७ करोड ९८ लाख रुपैयाँ, अरुण काबेलीको ३७ करोड १८ लाख रुपैयाँ र घलेम्दी हाइड्रोको २७ करोड ५५ लाख रुपैयाँभन्दा माथिको शेयर किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*