सिडियो कार्यालयले चितवनले यी व्यक्तिलाई दिनेछ ग्यास

३ चैत्र २०८२, मंगलवार १६:३८

काठमाडौं । देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहँदा चितवनमा ज्येष्ठ नागरिक, अपाङ्गता र विद्यार्थीका लागि स्थानीय प्रशासनले ग्यासको व्यवस्था गरिदिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै ७५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक, पूर्ण रुपले अशक्त वा अपाङ्ता भएका र भाडामा बस्ने विद्यार्थीलाई ग्यासको प्रबन्ध मिलाइएको जानकारी दिएको हो ।

त्यस्ता वर्गलाई प्रशासनको टोल फ्रि नम्बर १६६०–५६५२००१ मा सम्पर्क गर्न भनिएको छ । प्रशासनले अन्य उपभोक्तालाई नजिकको ग्यास बिक्रेतासँग सम्पर्क गर्न र सकेसम्म विद्युतीय चुल्होको प्रयोग बढाउन पनि सुझाएको छ ।

साथै, अनावश्यक रुपमा ग्यासको सञ्चिति नगर्न र कहिकतै लुकाईछिपाई राखिएको, गैरकानूनी रुपमा बेचबिखन भएको पाइएमा प्रशासनको शुल्क नलाग्ने हटलाइन नम्बर १०० मा जानकारी गराउन आग्रह गरिएको छ । ग्यासको कालोबजारी गर्नेमाथि कारबाही गरिने प्रशासनको चेतावनी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*