सुनको मूल्य घट्यो, आज प्रतितोला कति?

४ चैत्र २०८२, बुधबार ११:०२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको हो।

मंगलबार प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। मंगलबार प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घटेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंभले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*