डोलेश्वर भिलेजले १६ लाख २० हजार कित्ता आईपीओ निष्काशन गर्ने

४ चैत्र २०८२, बुधबार १२:२५

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको हो।

कम्पनीको विशेष साधारणसभाले जारी पूँजीको ३० प्रतिशतले हुन आउने १६ लाख २० हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रस्ताव पारित गरेको छ।

भिलेजले आईपीओ निष्काशन तथा बाँडफाँड गर्ने प्रयोजनका लागि बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त समेत गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*