सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?

५ चैत्र २०८२, बिहीबार १०:४०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा १४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*