समानुपातिक सांसदलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र

५ चैत्र २०८२, बिहीबार १२:२८

काठमाडौँ ।  प्रतिनिधिसभाका नवनिर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरिएको छ। बिहीबार (चैत ५) निर्वाचन आयोगको कार्यालय कान्तिपथमा आयोजित कार्यक्रममा समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त सगुन शमशेर जबरा र जानकीकुमारी तुलाधरले सांसदहरूलाई खादामाला लगाएर स्वागत गरेका थिए भने आयोगका सचिव कृष्णबहादुर राउतले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ दलले समानुपातिक सिट प्राप्त गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेकपा (एमाले)ले १६ सिट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९ सिट जिते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले समान ४–४ सिट पाएका थिए।

चैत २ गते आयोगले निर्वाचित ११० समानुपातिक सांसदको नामावली सार्वजनिक गरेको थियो र उनीहरूलाई आज प्रमाणपत्र वितरण गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*