कैलालीमा सशस्त्र प्रहरीमाथि स्थानीय युवा र व्यापारीले गरे आक्रमण

५ चैत्र २०८२, बिहीबार १३:३०

काठमाडौँ । कैलालीको खक्रोला नाकामा रहेको शसस्त्र प्रहरी गुल्ममा छिरेर स्थानीय युवा तथा ब्यापारीले डीएसपीसहितका प्रहरीमाथि हातपात गरेको छ । टिकापुरस्थित खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा अवैध सामान नियन्त्रणमा लिएको विषयलाई लिएर गुल्मभित्र हातपात भएको हो ।

भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । सोहीबारे गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोली समेतको सहभागितामा छलफल भएको थियो । छलफल सकिएपछि स्थानीय युवा र केही ब्यापारी गुल्ममै छिरेर हातपातमा उत्रिएको जनाइएको छ ।

गुल्मभित्र छिरेको अनियन्त्रित भीडले सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पालमाथिसमेत हातपात गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*