२१ अर्बको कारोबार हुँदा यी १० कम्पनीमा सर्वाधिक झुम्मिए लगानीकर्ता
५ चैत्र २०८२, बिहीबार १५:०१

काठमाडौँ । शेयर बजारमा उछाल आएको छ । बजारमा उच्च सुधार देखिएसँगै कारोबार रकम समेत आकाशिएको हो । बजार हरियाली आउँदा लगानीकर्तामा उत्साह छाएको हो ।
आगामी साता देशले दुई तिहाई नजिकको स्थायी सरकार पाउने भएसँगै लगानीकर्ताको मनोबल समेत बढेको छ । आज बजार ६४ अकंले बढ्दा २१ अर्बको शेयर कारोबार भएको हो ।
बिहिबार न्यादी ग्रुपको शेयर सर्वाधिक खरिदबिक्री भएको हो । कम्पनीको ६७ करोड १६ लाख रुपैयाँको कारोबार भएको हो ।
साथै, नेशनल हाइड्रो, रिडि पावर, अप्पर तामाकोशी र आखुखोला जलविद्युतको शेयर सर्वाधिक किनबेच भएको छ ।
यी १० कम्पनीको भयो सर्वाधिक कारोबार













