बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनको कतिले बढ्यो ?
५ चैत्र २०८२, बिहीबार १५:१९

काठमाडौँ । बजारमा हरियाली आएको छ । बजार उच्च सुधार देखिएसँगै अधिकांश कम्पनीको शेयर मूल्य बढेको हो । मूल्य आकाशिदा लगानीकर्ता उत्साहित भएका छन् ।
अब बन्ने स्थायी सरकारले लिने सकारात्मक नीतिले बजारलाई थप उचाईमा पुराउने विश्वास आम लगानीकर्तामा रहेको छ । सोहि कारण पनि बजारमा कारोबार रकम निरन्तर बढी रहेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४.६७ अकंले बढेर २८७७.०२ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँको कारोबार भएको हो ।
आज ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स मिल्स, सोलु हाइड्रोपावर र होटल फरेस्टको शेयरमा सर्किट लागेको हो ।













