तत्काल एमसीसी खारेज गर्न दुर्गा प्रसाईको चेतावनी

५ चैत्र २०८२, बिहीबार १६:०७

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त नहुँदै बालेन शाहलाई राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईले कडा चेतावनी दिँदै एमसीसी खारेज गर्न र एसपीपी पास नगर्न भनेका छन् ।
आज सामाजिक सञ्जालमा एक स्टाटमार्फत प्रसाईले रास्वपा, घण्टी र बालेनको नाम नलिई पश्चिमाहरुले उठाएको शक्ति भनेर गाली गरेका छन् । प्रसाईले एमसीसी तत्कालै खारेज हुनुपर्ने, एसपीपी पास गर्न नहुने, आईपिएस पास नगर्न चेतावनी दिएका छन् ।
हेरौं प्रसाईको स्टाटसः

“नखाउँ भने दिन भरी को सिकार, खाउँ भने कान्छा बाउ को अनुहार”
पश्चिमी शक्तिहरूले सिंहदरबार, सर्वोच्च अदालत र संसद भवनजस्ता राज्यका प्रमुख संरचनामाथि हस्तक्षेप गर्दै,
निर्दोष ७५ बालबालिकाको ज्यान जाने अवस्था सिर्जना गरेर, २०८४ को चुनाव २०८२ मै गराउनेसम्मको परिस्थिति बनाइदिएका हुन् ,
त्यत्तिकै तिमीहरूलाई यहाँ ल्याइएको होइन।
अब तिमीहरूको काम स्पष्ट छ।
१। एमसीसीलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु
२। एसपीपी पास गराउनु
३। आईपीएस पास गराउनु
४। पन्ध्रौँ दलाइ लामा नेपालमा स्थापित गर्नु र त्यसको व्यवस्थापनको तयारी गर्नु
५। जनसंख्याको आधारमा संसद चयन हुने व्यवस्था लागू गर्नु
यी सबै काम तिमीहरूले पूरा गर्नैपर्छ।
यदि गरेनौ भने, जसरी ल्याइएको हो, त्यसरी नै पश्चिमी शक्तिहरूले हटाउने छ।
तर यदि यी सबै कुरा पास गर्यौ भने नेपाली जनता चुप बस्ने छैनन्।
जनताले तिमीहरूको घरमै आगो लगाएर खेद्नेछन्।
किनकि जनतालाई आगो लगाउन सिकाउनेहरू तिमीहरू नै हौ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*