सुनको मूल्यमा उच्च गिरावट, कतै मूल्यमा क्र्यास त हुँदैन ?

५ चैत्र २०८२, बिहीबार १७:०६

काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको युद्ध नयाँ मोडमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट मात्रै आएको छैन अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री गर्नेको भिड लागेर सुनको मूल्य नै क्र्यास नै त हुदैन ? भन्ने आशंका उब्जिएको छ ।

इजरायलले इरानको दक्षिणी क्षेत्र पर्सस्थित प्राकृतिक ग्याँस प्रशोधन केन्द्रमा हवाई हमला गरेको थियो । इरानले जवाफी कारवाही स्वरुप कतारमा विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्याँस प्रशोधन केन्द्रलाई निशाना बनाएर सँगै विश्व बजारमा इन्धनको हाहाकार हुने निश्चितप्रायः भएको छ ।

आजको युद्धसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११६ डलर माथि पुगेको छ र यसको मूल्य अझै बढेर २०० डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ । यदि यसो भयो भने विश्वअर्थतन्त्रमा एकै पटक भयंकर उतार चढाव आउने छ ।

ग्याँस रिफाइनरीमा भएको हमला र यसले अर्थतन्त्रमा पार्नसक्ने प्रभावबारे गम्भिर समीक्षा सुरु भएसँगै सुनको मूल्यमा भारी गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सिंगापुरमा सुनको मूल्यमा ४.३२ प्रतिशतले गिरावट आई प्रतिऔंस २१४ डलर घटेर ४६१४ कायम भएको छ । विगतमा मूल्यबृद्धि भएको बेला छ हजार नाघेको सुनको मूल्य अहिले उच्च दरले घट्न थालेको छ । त्यस्तै चाँदीको मूल्य ७.७७ प्रतिशतले गिरावट आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य उच्च अंकले घटेसँगै यसको मूल्य क्र्यास हुने हो कि भन्ने त्रासमा लगानीकर्ताहरु रहेका छन् । सबैभन्दा धेरै सुन अमेरिकासँग रहेको छ । अमेरिकाले इरान युद्धमा कडा चुनौति सामना गर्नुपरेपछि २०० अर्ब डलर ऋण खोजिरहेको छ । तर, उक्त ऋण तत्काल अमेरिकालाई कसैले दिने अवस्था छैन । यदि अमेरिकाले ऋण पाएन भने उसँग भएको ८१३३ टन सुन बिक्री गर्न सक्नेछ । अमेरिकाले एक हजार टन सुन बिक्री गर्ने हो भने आजको मूल्यमा १५० अर्ब डलर हात पार्न सक्नेछ ।

अमेरिका आर्थिक संकटमा फस्दै जाँदा उसको भण्डारमा भएको सुन बिक्री गर्न सक्ने भयले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको हो । यदि अमेरिकाले आफ्नो कोषमा भएको सुन बिक्री गर्ने वित्तिकै सुनको बजारमा व्यापक हलचल हुनेछ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*