रवि लामिछानेको मुद्दामा संशोधन निर्णय पेश गर्न सर्वोच्च अदालतको आदेश

५ चैत्र २०८२, बिहीबार १७:५६

काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेमाथि दर्ता भएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधनबारे महान्यायाधिवक्ता कार्यालयको निर्णयसम्बन्धी सबै कागजात पेश गर्न आदेश दिएको छ।

न्यायाधीश शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताले मातहतका जिल्ला सरकारी वकिल कार्यालयलाई अभियोगपत्र संशोधनका लागि २०८२ पुस ३० गते दिएको निर्णय र सोही सम्बन्धमा २०८२ माघ २ मा जारी ‘त्रुटि सच्याउने’ निर्णयको प्रतिलिपि मागेको हो।

महान्यायाधिवक्ता सविता भण्डारीले सुरुमा लामिछानेमाथि मात्र संशोधन गर्ने निर्णय गरेकी थिइन् भने दुई दिनपछि अरु सबै आरोपीको हकमा पनि संशोधन हुने निर्णय गरेकी थिइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*