प्रतिनिधि सभा निर्वाचन: पाँच अर्ब ३७ करोड खर्च, प्रतिमतदाता २८४ रुपैयाँ

५ चैत्र २०८२, बिहीबार १८:३१

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा कुल पाँच अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ। बिहीबार (चैत ५) आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिँदै भने कि प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको छ।

भट्टराईका अनुसार हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ भुक्तानी भइसकेको छ भने बाँकी दायित्व जोड्दा कुल खर्च पाँच अर्ब ३७ करोड पुगेको हो।

उनले निर्वाचन आयोगले मितव्ययी ढंगमा निर्वाचन सम्पन्न गर्न सफल भएको बताए। सरकारले निर्वाचन प्रयोजनका लागि ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत स्वीकृत गरेको थियो। आयोगका अनुसार यो खर्चको विश्लेषण गर्दा प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*