पश्चिम नेपालमा हावाहुरीसहित वर्षा, जनजीवन प्रभावित

६ चैत्र २०८२, शुक्रबार १४:३०

काठमाडौँ ।  आज बिहानदेखि पश्चिम नेपालका विभिन्न जिल्लामा हावाहुरीसहित वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, दाङको अम्बापुर क्षेत्रमा सबैभन्दा बढी ३३.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा पनि वर्षा भएको छ। हावाहुरीसँगै आएको वर्षाले जनजीवन प्रभावित बनेको छ।

बागमती प्रदेशका विभिन्न जिल्लामा दिउँसो २ बजेतिर वर्षा गराउने प्रणाली प्रवेश गरेको महाशाखाले जनाएको छ। हाल काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ। वर्षा गराउने प्रणाली उत्तर–पूर्वतिर सर्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*